29.5 C
Nepal
Friday, September 20, 2024

मातृभूमि लघुवित्तको नाफा ५८७% ले बढ्यो

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २५.८७ प्रतिशतले बढेको देखिएको छ । चौथो त्रैमाससम्म संस्थाले ३० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४१ करोड र सञ्चालन मुनाफा ११ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी ६२ करोड ८३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १० करोड ५८ लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा ६३ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चौथो त्रैमाससम्ममा ३ अर्ब ९६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ११ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात ९.८५ प्रतिशत पुगेको छ । संस्थाको ईपीएस २.३० रुपैयाँबाट बढेर १२.७१ रुपैयाँ कायम भएको देखिएको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २१७.५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६६.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.२० गुणा र तरलता अनुपात ८.७८ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here