31.6 C
Nepal
Friday, September 20, 2024

अपर स्याङ्गे हाईड्रोपावर १.७३ करोड घाटामा

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा १ करोड ७३ लाख २५ हजार रुपैयाँ खाएको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.९१ प्रतिशतले कमी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ८ करोड ८ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको ३ करोड १० लाख रुपैयाँको तुलनामा ८९.५२ प्रतिशतले धेरै हो । कम्पनीको कर्मचारी खर्च ६७ लाख ५० हजार रुपैयाँ र साधारण तथा प्रशासनिक खर्च ६० लाख ५९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भको आकार ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ७३ लाख र कुल चालु सम्पत्ति ५ करोड ९१ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.८८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ५८.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४१.६३ रुपैयाँ र तरलता अनुपात ६३.११ प्रतिशत कायम भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here