9.5 C
Nepal
Sunday, February 15, 2026

सेयरमूल्य रु १३०० हारहारी रहेको हिमालयन लघुवित्तको वितरणयोग्य नाफा नेगेटिभ, इपीएस रु.२.३६

spot_imgspot_imgspot_img

दोश्रो बजारमा कारोबार मूल्य प्रतिकित्ता १२५३ रुपैयाँ रहेको हिमालयन लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी २ रुपैयाँ ३६ पैसा रहेको देखिएको छ ।

यस कम्पनीको वितरणयोग्य मुनाफा करिब २३ लाख रुपैयाँले नेगेटिभ रहेको छ । चौथो त्रैमाससम्ममा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा मात्र रहेको देखिन्छ ।

खराब कर्जाको अनुपात बढेर यो वर्ष ३.६५ प्रतिशत पुगेका छ भने समीक्षा अवधिमा यो कम्पनीले ७५ लाख ५० हजार रुपैयाँ खूद नाफा कमाएको छ । अघिल्लो वर्ष १ करोड बढी थियो ।

कम्पनिले २ करोड ६१ लाख ९४ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्याएको छ । त्यस्तै सीमित खूद ब्याज आम्दानी २ करोड ३७ लाखको रहेको देखिन्छ ।

समग्रमा हेर्दा कम्पनिको बित्तिय बिबरण र सेयर मुल्यले मेल खाँदैन । यस कम्पनिमा खेलाडीले चलखेल गरेको आसङका गरिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here