9.5 C
Nepal
Sunday, February 15, 2026

कमाजोर कम्पनीको सेयरमूल्य चलखेल गरेर बढाईएको हुनसक्ने भन्दै अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन

spot_imgspot_imgspot_img

कमजोर कम्पनीको मुल्य अस्वाभाबिक रुपमा बढेको भन्दै अर्थमन्त्री विष्णु पौडेलले चिन्ता ब्यक्त गरेका छन । त्यस्तै उनले सेयर बजारमा हुने अनुचित गतिविधि रोक्न नियामक निकायलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पौडेलले यस्तो निर्देशन दिएको बताएका हुन् ।

पौडेलले सेयर बजारमा हुने कुनै पनि इन्साइडर ट्रेडिङ तथा अनुचित गतिबिधी प्रती नियामक तथा लगानिकर्ता दुबै सचेत रहनुपर्ने बताएका छन ।
पौडेलले सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण अंग भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन पनि नियामकलाई निर्देशन दिएको बताएका छन् । ‘कुनै पनि प्रकारले सेयर बजारलाई प्रभावित पार्ने क्रियाकलाप हुनु हुँदैन भनेर सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका् छु,’ उनले भने,‘ सेयर बजार अर्थतन्त्रको ऐना भएकाले यसलाई परिपक्व ढंगले अघि बढाउनु आवश्यक छ ।’

उनले सेयर बजारमा लगानी गर्नपूर्व कम्पनीको वित्तीय अवस्था हेरेर मात्रै लगानी गर्न समेत लगानीकर्तालाई सुझाव दिएका छन् । अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिमा समन्वय हुनु पर्नेमा पनि जोड दिए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here