9.5 C
Nepal
Sunday, February 15, 2026

४.५६ लाख कित्ता हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यसका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here