22.2 C
Nepal
Saturday, September 7, 2024

पहिलो दिनमै सूर्योदय वोमी लघुवित्तको एफपीओमा १०५ गुणा बढी आवेदन

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमै १०५ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांकअनुसार आज यो संस्थाको एफपीओ खरिदका लागि ३ लाख १० हजार ८८ आवेदकहरुबाट ४९ करोड २५ लाख ४२ हजार रुपैयाँबराबरको कुल ४९ लाख २५ हजार ४२० कित्ता सेयरका लागि आवेदन परेको छ । यसरी हेर्दा जारी सेयर संख्याको १०५ गुणा बढी आबेदन आज परेको हो ।

संस्थाले आजदेखि कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको छ ।

संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गरेको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here