आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रतिनिधि सभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संघीय संसदमा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेस गरेको थियो ।
प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।
विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।




