10.8 C
Nepal
Sunday, February 15, 2026

मल्टीपर्पस फाइनान्सको ३९ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

spot_imgspot_imgspot_img

मल्टीपर्पस फाइनान्सले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जोसुकै कम्पनी,व्यक्ति तथा संघसंस्थाहरुले खरिद आवेदन दिन पाउनेछन् ।

यो सुचना जारी गर्नु अघी कम्पनीका विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गर्दा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेको हुँदा सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here