10.8 C
Nepal
Sunday, February 15, 2026

यूनाइटेड अजोड इन्स्योरेन्सको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी जनार्दन देव पन्तको नाममा रहेको ३३ हजार १३७ कित्ता र अन्जु पाण्डेको नाममा रहेको १६ हजार ५६८ कित्ता गरी कुल ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँ राखिएको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here