22.1 C
Nepal
Wednesday, February 11, 2026

हिमालयन रि–इन्स्योरेन्सको लक इन अवधि आज सकिने

spot_imgspot_imgspot_img

सामूहिक लगानी कोषका लागि छुट्टाइएको हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरको लक इन अवधि आज समाप्त हुन लागेको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता कित्ता सेयरको लक इन अवधि आज समाप्त हुने भएको हो ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर पुस ११ गते बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लक इन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म बेच्न नपाईने नियम रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here