12.2 C
Nepal
Sunday, February 15, 2026

प्रभु महालक्ष्मी लाइफको ५.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ६२ हजार ४२५ कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको हो ।

कम्पनीले ४ लाख २३ हजार ७२५ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि र १ लाख ३८ हजार ७०० कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here