22.1 C
Nepal
Wednesday, February 11, 2026

बैंक-वित्तीय संस्थाले १० महिनामा ५३ अर्ब कमाए

spot_imgspot_imgspot_img

बैंक तथा वित्तीय संस्थाले १० महिनामा ५३ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५३ अर्ब १९ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूले चैत मसान्तसम्ममा ४४ अर्ब ६७ करोड रूपैयाँ खुद मुनाफा गरेका थिए । १ महिनामा उनीहरूले साढे ८ अर्ब नाफा गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी कमाउने बैंक नबिल हो । वैशाख मसान्तसम्म नबिलले ५ अर्ब ४६ करोड रुपैयाँ कमाउँदा ग्लोबल आईएमई दोस्रो स्थानमा छ । ग्लोबल आईएमईले १० महिनामा ४ अर्ब १२ करोड नाफा गरेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३ अर्ब बढी छ । त्यस्तै एनआईएमबीले १० महिनामा ३ अर्ब ७७ करोड कमाउदा एभरेष्ट बैंकको खुद मुनाफा २ अर्ब ९८ करोड छ ।

कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य, प्रभु, एनएमबि, हिमालयन र एनआईसी एशिया पनि २ अर्बभन्दा बढी कमाउनेको सूचीमा परेका छन् । १० महिनामा सबैभन्दा कम खुद मुनाफा नेपाल बैंकको छ ।

१० महिनामा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ६० करोड छ ।

विकास बैंकहरुमा मुक्तिनाथ बैंकले १० महिनामा बिकास बैंकमध्ये सबैभन्दा धेरै अर्थात ९९ करोड खुद मुनाफा गर्दा दोस्रो बढी नाफा गरिमा विकास बैंकले गरेको छ । बढी नाफा गर्नेका आधारमा शाइन रसुंगा, महालक्ष्मी र कामना शीर्ष ५ मा छन् ।

यस्तै मञ्जुश्री कम्पनीको १० महिनाको नाफा २० करोड छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here