20.2 C
Nepal
Sunday, February 15, 2026

माथिल्लो मैलुङ खोलाको घाटा १४२% ले बढ्यो

spot_imgspot_imgspot_img

माथिल्लो मैलुङ खोला जलविद्यत लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनिले ३ करोड १७ लाख रुपैयाँ घाटा खाएको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १४२.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १ करोड ३० लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फ ४ करोड ८ लाख रुपैयाँ, निर्माणमार्फत ३४ करोड ९१ लाख र २३ लाख ५६ हजार रुपैयाँ अन्य आम्दानी गर्दा वित्त आम्दानी ५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड १९ लाख पुननिर्माण खर्च ३४ करोड ९१ लाख,पावर प्लान्ट सञ्चालन खर्च १ करोड ३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहदा अन्य रिजर्भमा ४ लाख २८ हजार रुपैयाँ सञ्चित छ । तेस्रोे त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति १० करोड १४ लाख र कुल चालु दायित्व ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.८८ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९१.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१० रुपैयाँ र तरलता अनुपात ०.२७ प्रतिशत रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here