8.8 C
Nepal
Sunday, February 15, 2026

पाँचथर पावर १२.५ करोड घाटामा

spot_imgspot_imgspot_img

पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा घाटामा गएको छ । कम्पनीले १२ करोड ५ लाख रुपैयाँ घाटा खाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनिको विद्युत उत्पादन ठप्प रहेको हुँदा त्यसबाट कम्पनीले कुनै पनि आम्दानी गर्न सकेको छैन। गत वर्षको असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले कम्पनीको आयोजना असार महिनादेखि बन्द अवस्थामा छ ।

आयोजनाको सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्यूपमेन्ट समेतमा बाढीले क्षती पुर्याएको छ । आयोजना पुनःमर्मत कार्य आगामी असार मसान्तसम्ममा भईसक्ने जनाईएको छ ।

यस त्रैमासमा आम्दानी लसको बीमा बापत दाबी गरिएको रकममध्ये ८ करोड रुपैयाँ प्राप्त भएको छ ।

चैत मसान्तसम्म कम्पनीको कर्मचारी खर्च ३२ लाख १८ हजार,अन्य सञ्चालन खर्च १ करोड ३५ लाख र वित्त खर्च ११ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको रिजर्भको आकार १ करोड ७९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति २० करोड २८ लाख र कुल चालु दायित्व २६ करोड ७७ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.१३ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९८.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६३.२० रुपैयाँ र तरलता अनुपात ०.७६ गुणा कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here