21.7 C
Nepal
Sunday, September 8, 2024

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत वर्षका मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँबराबरको १०.२५ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँबराबरको बोनस सेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

यसरी कम्पनीले ३५ प्रतिशतले हुन आउने कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ रुपैयाँबराबरको बम्पर लाभांश घोषणा गरेको छ ।

यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here