10.2 C
Nepal
Saturday, February 14, 2026

शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा, सेयरधनिको हात खाली हुने

spot_imgspot_imgspot_img

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको छ ।

बैठकले आगामी चैत ९ गते शुक्रबारका दिन शिखर इन्स्योरेन्सको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रीय कार्याल(शिखर विज सेन्टर)मा सभा आयोजना गर्ने निर्णय गरेको छ।

कम्पनीले गत आर्थिक वर्षका लागि कुनै लाभांश घोषणा नगरेकाले उक्त कम्पनिका सेयरधनिको हात खाली हुनेछ । सभामा कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गरिनेछ ।

यसैगरी आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

सभामा २०७६ साउन २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई सञ्चालक नियुक्ती गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्ने र संस्थापक समूह क बाट ३ जना र सर्वसाधारण समूह ख बाट थप १ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here