12 C
Nepal
Saturday, February 14, 2026

बजार पूँजीकरण २० लाख करोड भारु सहीत रिलायन्स बन्यो भारतको सबैभन्दा मूल्यवान कम्पनी

spot_imgspot_imgspot_img

भारतीय कम्पनी रिलायन्स इन्डष्ट्रिज को बजार पूँजीकरण २० लाख करोड भारु पुगेको छ । २० करोड भारु पुजिकरण सहित यो कम्पनी भारतको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।
यती धेरै बजार पुजिकरण पुग्ने यो पहिलो भारतीय कम्पनी बनेको छ । सेयर बजारमा मंगलबार आएको वृद्धिका कारण कम्पनीको बजार पूँजीकरण वृद्धि २० लाख करोड भारु पुगेको हो ।

कम्पनीको सेयरमूल्य २.९५८ प्रतिशतले वृद्धि भएको छ । यससँगै कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । गत साता कम्पनीको बजार पूँजीकरण १ लाख करोड भारुले बढेको थियो । गत जनवरी २९ मा कम्पनीको बजार पूँजीकरण १९ लाख करोढ भारु पुगेको थियो ।

यसअघि कम्पनीले सन् २०२१ मा १५ लाख करोडको बजार पूँजीकरणको आँकडा पार गरेको थियो । सन् २०१९ मा कम्पनीको बजार पूँजीकरण १० लाख करोड भारु पुगेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here