11.8 C
Nepal
Thursday, February 12, 2026

२५.७६ करोड घाटामा अपर तामाकोशी हाईड्रोपावर

spot_imgspot_imgspot_img

अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
रिपोर्ट अनुसार कम्पनी २५ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा गत वर्षको सोहि अवधिको तुलनामा ६८.७६ प्रतिशतले कमी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको घाटा ८२ करोड ४८ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत कम्पनिले ५ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत अवर्षको सोहि अवधिको तुलनामा ७.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीमाफर्त ४ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको वित्त आम्दानी भने ३ करोड ४८ लाखबाट घटेर ६८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको कर्मचारी र आयोजना खर्च २७ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ७ अर्ब ५७ करोड ्ररुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ९१ करोड र कुल चालु दायित्व १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ६१.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४३.२० र तरलता अनुपात २.४० गुणा कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here