20.2 C
Nepal
Tuesday, February 10, 2026

हाथवे इन्भेष्टमेन्ट घाटामा, खुद आम्दानी ४८ प्रतिसतले कम

spot_imgspot_imgspot_img

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड १० लाख रुपैयाँ नाफामा रहेको थियो ।

यस कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.१७८ प्रतिशत कम हो ।

कम्पनीको कुल खर्च बढेर ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कम्पनिको अघिल्लो आवको कुल खर्च दोस्रो त्रैमाससम्म ३ करोड ४७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको रिजर्भको आकार पनि घटेर ७८ करोड १६ लाख रुपैयाँ भएको छ ।

कम्पनीको नगद मौज्जाद ४६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने कुल दायित्व ५२ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.५१ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८३.४० कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here