22.9 C
Nepal
Saturday, February 14, 2026

४ अर्ब लगानीमा गोल्यान ग्रुपले पाँचतारे होटल बनाउँदै

spot_imgspot_imgspot_img

गोल्यान ग्रुपले सन् २०२२ मा वेदा हस्पिटालिटी प्रालिमा दर्ता भएको कम्पनीले लुम्बिनीमा पाँचतारे होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले लुम्बिनीमा ४ अर्ब ६० लाख रुपैयाँ लगानीमा होटल निर्माण गर्न लगेको हो । २ लाख ९१ हजार ७९१ स्क्वायरफिटमा दुई सय कोठा सुविधाको होटल कम्पनिले निर्माण गर्ने छ । होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, स्पा र क्यासिनोको सुविधा हुनेछ । साथै, कन्फरेन्स हल, खाना र बस्नलगायत अन्य विभिन्न सुविधा हुनेछ ।

होटल निर्माणका लागि कम्पनीले ३ अर्ब रुपैयाँ दीर्घकालीन कर्जाको लागि रेटिङ गराएको छ । कम्पनीले २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ भने १ अर्ब १ करोड ८० लाख रुपैयाँ कम्पनीले लगानी गर्ने भएको छ । कम्पनीले गत नोभेम्बरसम्ममा जग्गा अधिग्रहण गरी पहिलो चरणको कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

वेदा हस्पिटालिटीले अन्तर्राष्ट्रिय कम्पनी हायत होटल्स कर्पोरेशनको सहायक कम्पनी हायत इन्टरनेशनल साउथ वेस्ट एसिया लिमिटेडसँग होटल सञ्चालनका लागि सम्झौता गरी फ्रेनचाइज भित्र्याएको छ ।

कर्पोरेशनले ‘हायत रेजेन्सी’ ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ । होटलको विश्वभर २० वटा प्रिमियर ब्राण्ड र १३ सय वटाभन्दा बढी प्रोपर्टी ७६ देशमा छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here