9.4 C
Nepal
Monday, January 20, 2025

नेपाल पेमेन्ट सोलुसनको आईपीओ आउने

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले आबस्यक प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी पुस २१ गते साधारणसभा बोलाएको छ । सभाले सहायक कम्पनीहरु स्थापना गर्ने, आईपीओ निष्कासन गर्ने, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्रमा फेरबदल गर्ने, नाम परिवर्तन गर्ने, पूँजी बृद्धि गर्ने साथै आईपीओ जारी गर्न मौजुदा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशनबमोजिम कुनै निर्णय वा कागजात तयार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र मर्जर तथा प्राप्ति सम्बन्धमा निर्णय गर्ने प्रस्ताव पेश हुने छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भुक्तानी सेवा प्रदायकको रुपमा काम गरिरहेको यस कम्पनिले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here