जाजरकोटमा हिजो राती गएको भूकम्पमा परि हालसम्म १५७ जनाको मृत्यु भईसकेको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यो संख्या शनिबार अपराह्नसम्मको हो।
प्राप्त जानकारी अनुसार जाजरकोट जिल्लामा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको खबर आएको छ। हिजो राती गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ८५ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका छन् ।
हाल यि क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा सर्वसाधारणहरु पीडितहरुको उद्धार तथा राहतमा खटिएका छन् ।