उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत बनाउन कम्पनिले एफपिओ जारी गर्न लागेको हो ।
हाल यो लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ ।
कात्तिक २१ गतेदेखि निष्कासन हुने एफपीओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।




