आइफोन निर्माता कम्पनी एप्पल इंकको बजार पूँजीकरण २६ खर्ब डलर भन्दा बढी भएको छ ।
यो विश्वको सवैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी पहिलो सूचीकृत भएको छ । शुक्रबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता १७१ डलर ९७ सेन्टमा पुगेर रेकर्ड राखेको हो ।
आइएफोन र ल्यापटप प्रडक्टको विक्री राम्रो भईरहेकोले लगानीकर्ताहरुमाझ एप्पलको शेयर प्रती आकर्षण बढेको छ ।
कम्पनीले फोल्डेबल आइप्याड समेत बजारमा ल्याउन लागेको छ ।
रसिया युक्रेन युद्ध शुरु भएयता एप्पलको सेयर मूल्यमा घटबढ भईरहेपनी विश्वबजारमा यस कम्पनिको उत्पादनहरुको माग भने उत्तिकै रहेको छ । सन् २०१८ को अगष्टमा एप्पलको बजार पूँजीकरणले पहिलो पटक १० खर्ब डलर पार गरेको थियो ।
त्यसपछी सन् २०२० को अगष्टमा बजार पूँजीकरण २० खर्ब डलर माथि उक्लियो । सन् २०२२ को जनवरीमा बजार पूँजीकरण ३० खर्ब डलर पार गरेको थियो ।
त्यस्तै एप्पलपछि दोस्रो स्थानमा बिल गेट्सको माइक्रोसफ्ट कर्पोरेसन रहेको छ। कम्पनीको बजार पूँजीकरण २५ खर्ब ३० करोड डलर पुगेको छ।
तेस्रो स्थानमा साउदी अरेबियाको आयल कम्पनी अरामको रहेको छ। यसको बजार पूँजीकरण २१ खर्ब डलर माथि रहेको छ। चौथो स्थानमा भने अल्फावेट इंक (गूगल) छ।
गुगलको बजार पुँजीकरण १५ खर्ब डलरभन्दा माथि रहेको छ ।-एजेन्सी