13.6 C
Nepal
Tuesday, February 10, 2026

युनिलिभर नेपालको लाभांश घोषणा

spot_imgspot_imgspot_img

आर्थिक वर्ष २०७९–८०का लागि युनिलिभर नेपालले आफ्नो सेयरधनिलाई लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १ हजार ५८० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछी सेयरधनीहरुलाई वितरण गरिनेछ। अब साधारणसभाले अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने तयारी कम्पनिले गरेको छ ।

यस कम्पनिले मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हुँदा कम्पनिको लाभांश पाउन योग्य हुन मंसिर १२ गतेअघिसम्म कम्पनिको सेयरधनी भईसक्नुपर्ने छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here