सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बाँडफाँट सम्पन्न गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा बिहान ९ बजे गरिएको हो ।
सोनापुर मिनिरल्सले कर्मचारीलाई छुट्याएको पौने ६ लाख बढी कित्ता सेयर कर्मचारीले नकिनेको पाएपछी उक्त सेयर पनि सर्वसाधारणलाई नै वितरण गरिएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।
आबेदन परेकोमध्ये १ करोड १९ लाख ७५ हजार ५२० कित्ता सेयर सदर भएको छ भने ५ हजार ६८९ आवेदकबाट परेको ९४ हजार ३७० कित्ता रद्द तथा बदर भएका छन्।
यो आईपीओमा गोलाप्रथाबाट बाँडफाँट गर्दा १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। जसअनुसार सदर आवेदकमध्ये ८ हजार ६३८ को हात खाली भएको छ।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।