9.2 C
Nepal
Friday, February 13, 2026

सरकारले कामै गर्न सकेन, राष्ट्र बैंकको सही नीतिले अर्थतन्त्रलाई राहत दिएको छ : स्वर्णिम वाग्ले

spot_imgspot_imgspot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र सरकारले कामै गर्न सकेन भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे । उनले मुलुकको आर्थिक दूरावस्थाका लागि नेपाल राष्ट्र बैंकलाई मात्रै जिम्मेवार ठहर्‍याउने कार्य गलत रहेको बताएका छन ।

‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि भएको छैन । कसिलो आयात र मौद्रिक नीतिले गर्दाखेरी शोधानान्तर स्थिति अलिक सुध्रिएको देखिएयता पनि सरकार आफैँले गर्छु भनेका काम चाहीँ कत्ति पनि नभएकोतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘ यो बजेट म ४ महिनापछि फेरि पल्टाएर हेर्दैछु । धेरै कुराहरु असारसम्म गर्ने भनिएको थियो । केही कुराहरु साउनसम्म गर्छु भनिएको थियो । विभिन्न म्यादहरु कुनै पनि पूरा भएका छैनन् ।’

उनले अगाडि भने, ‘हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो । तर त्यो स्पिरिट अनुसार काम भएको छैन’ उनले भने ।

उनले सरकारले केही काम नगरेपनी राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको जनाएका छन ।

‘यस्तो सरकारी नैराश्यताका बीच पनि राष्ट्र बैंकले केही कसिला नीतिहरुलाई खुकुलो गरेको छ । त्यसको म स्वागत गर्न चाहन्छु’ उनले भने, ‘अर्थतन्त्रमा यसले केही राहत मिलेको छ । तर आर्थिक दूरावस्थाका लागि खालि केन्द्रीय बैंकलाई मात्रै जिम्मेवार ठहर्‍याउने परिपाटीबाट हामीले छुटकारा पाउनै पर्छ ।’

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here