7.4 C
Nepal
Saturday, January 25, 2025

घलेम्दी हाइड्र्रो पावरले २००% हकप्रद जारी गर्ने, बोर्डले अनुमति दियो

घलेम्दी हाइड्र्रो पावरले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

अब कम्पनीले १ : २ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले ६३ मेगावाटको पीआरओआर छुजुङ्ग खोला जलविद्युत आयोजनामा लगानी गर्न यो हकप्रद जारी गर्न लागेको हो । यो आयोजना सांग्रिला उर्जा प्रालिद्वारा प्रबरद्धित रहेको छ । यसमा घलेम्दीको कम्तिमा ५१ प्रतिशत शेयर कायम हुने गरि लगानी गर्न लागेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here