सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । यस आइपिओमा आज बैंकिङ समयम्म मात्र आबेदन दिन सकिनेछ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।
यो आईपीओको निष्कासन बन्द छिटोमा हिजो असोज १७ गते बैंकिङ समयसम्म रहेको भएतापनी यस अबधिमा सबै कित्ता नबिक्ने अनुमान गर्दै समय थपिएको थियो ।
तर हिजो नै यस कम्पनिको आइपिओ ओभरसब्स्क्राइब्ड भएको हुँदा कम्पनिले थपिएको समय भन्दा अगाडि नै आइपिओ निस्कासन बन्द गर्न लागेको हो ।
बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले एक सूचना प्रकाशित गरी आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिने बह्नेको छ ।
सीडीएससीका अनुसार बुधबार साँझसम्म १ करोड १७ लाख ५२ हजार २९० कित्ता खरिदका लागि आवेदन परेको छ, जुन मागभन्दा १.२१ गुणाले बढी हो।