15.7 C
Nepal
Wednesday, February 11, 2026

चुप बस्दा अफबाहहरु फैलाएको भन्दै गभरनरले भने अब त अत्ति भयो, म पनि बोल्छु

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू चुपचाप बस्दा बजारमा विभिन्न खालका अफबाहहरु फैलाएको भन्दै अब चुप नलाग्ने बताएका छन ।

बुधबार वाणिज्य बैंकका सीइओहरुसँगको छलफलमा गभर्नर अधिकारीले अब आफु पनि सार्वजनिक रुपमा बोल्न थाल्ने बताएका हुन ।

म लामो समयदेखि चुपचाप बसेको छु, मान्छेहरुले यसलाई कुन अर्थमा बुझे मलाई थाहा छैन, अत्ति भयो अब २/४ दिनदेखि म पनि बोल्छु।

अहिले राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीकालाई धेरैले आलोचना गरिरहेका छन । सेयर लगानिकर्ताले त १२ करोडको सिमामा गभरनरलाई धेरै नै आलोचना गरिरहेका छन ।

गभर्नरले आफु चुप बस्दा अरुले यसलाई कमजोरिको रुपमा लिएको भन्दै बैंकक सिईओ सँग भने ‘अब तपाईंहरुमात्रै बोल्नु पर्दैन, म पनि बोल्छु, चुपचाप बस्नुलाई कमजोरीकोरुपमा लिनु हुँदैन, हामीले लिट्रेसी बढाउनै पर्छ,’ ।

गभर्नरले केन्दिय बैंकको नीति निर्देशनको अक्षरश पालना गर्न निर्देशन दिएका छन ।

कठिन परिस्थिती रहेको भन्दै अधिकारिले कर्जा असुलिमा ध्यान दिन आग्रह गरे । उनले भने, ‘परिस्थिति कठिन छ भन्ने कुरा तपाईंहरुले बुझ्नुभएकै छ, कम्प्लायन्स कति पनि कम्प्रोमाइज नगरी कर्जा असूली गर्नुस्, हामीले वित्तीय स्थायित्वका लागि काम गर्नुपर्छ’ ।

अर्का डेपुटी गभर्नर निलम तिम्सीनाले वित्तीय स्थायित्व कायम गर्न राष्ट्र बैंक र बैंकहरु मिलेर अघि बढ्नुपर्ने बताइन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीको निधनका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो ।

पछिल्लो समयमा वित्तीय क्षेत्रमा अराजकता बढेको भन्दै यस्को समाधानका लागि सबैले ध्यान दिनुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको भनाइ थियो । साथै, भ्रामक सूचनाका विरुद्ध सबैले मिलेर आवाज उठाउनुपर्ने र त्यस्ता भ्रामक कुरालाई चिर्नुपर्ने उहिहरुको भनाइ रहेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here