10.2 C
Nepal
Friday, February 13, 2026

वाणिज्य बैंकका सीईओहरुसँग राष्ट्र बैंकको छलफल गर्दै, बिभिन्न आर्थिक बिषयमा छलफल हुने

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले बिभिन्न आर्थिक विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्ने भएको छ ।

राष्ट्र बैंकले छलफल कार्यक्रम बुधबार दिउँसो सवा ३ बजे होटल अलफ्टमा राखिएको छ ।

चालु आर्थिक वर्षको एकीकृत निर्देशन जारी गर्नु अघी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको धारणा बुझ्नका लागि यो छलफल कार्यक्रम राखिएको बुझिएको छ ।

नियमित प्रकृतिको यो छलफलमा पछिल्लो आर्थिक अवस्था, राष्ट्र बैंकले नियमले पारेको असर, कर्जा असुलीको अवस्था लगायतका विषयमा जानकारी लिन यो छलफल राखिएको बुझिएको छ ।

छलफलमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर , रेगुलेसन विभाग प्रमुख, सुपरभिजन विभाग प्रमुख लगायतका राष्ट्र बैंकका उच्च अधिकारी सहभागी हुन लागेका छन । ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here