15.6 C
Nepal
Wednesday, February 5, 2025

लगानिकर्ताको सम्पती तहसनहस पार्न धितोपत्र बोर्ड लाग्यो : सांसद ढकाल

सांसद हरी ढकालले धितोपत्र बोर्ड नाम परिवर्तन गरेर अहिले ढिलोपत्र बोर्ड राख्नुपर्ने सुझाएका छन र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई भकाभक आईपीओ बाँड्न दिएर आपुर्ती बढाएको भन्दै सम्सदमा आक्रोश ब्यक्त गरेका छन ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नियामक निकाय सेयर लगानीकर्ताको सम्पत्ति तहसनहस पार्न लागेको दावी गर्दै यसको मुख्य कारण गलत नियुक्ती भनेका छन ।

उनले भनेका छन , ‘धितोपत्र बोर्डलाई मैले ढिलोपत्र बोर्ड भन्ने गरेको छु । लगानीकर्ताका लागि काम गर्न बनेको धितोपत्र बोर्डले केही पनि काम गर्दैन,’ उनले भने, ‘भरथेग सप्लाई छोड्नका लागि, नेगेटिभ नेटवर्थ भएका कम्पनीहरुलाई भकाभक आईपीओ बाँडनका लागि धितोपत्र बोर्ड छिटोपत्र बोर्ड भएको छ । त्यसमा केही न केही भएर नै ढिलोपत्र बोर्ड छिटोपत्र बोर्ड भएको हो ।’

ढकालले नियामक निकायल अनियन्त्रित भएर गलत काम गर्न उद्धत रहेकोतर्फ सन्केत गर्दै यसलाई राज्यको नियन्त्रणमा राख्न सरकारलाई आग्रह गरेका छन । धितोपत्र बोर्डमा सरकारले गरेको गलत नियुक्ती गलत भएको बताएका छन । उनको सङ्केत धितोपत्र बोर्ड प्रमुख रमेश कुमार हमालप्रती थियो । हमालले नेगटिभ नेटवर्थ भएका कम्पनिलाई आइपिओ निस्कासन गर्न दिएको र कमजोर कम्पनिलाई प्रिमियममा आइपिओ जारी गर्न दिएको भन्दै आक्रोश पोखेका छन ।

अर्थमन्त्री मैले भनेको गभर्नरले मानेनन् भनेर अर्थमत्री समस्याबाट भाग्न खोजेको आरोप लगाएका छन । यस्तो जवाफ सुनेपछी अहिले अर्थमन्त्रालय ठूलो हो की राष्ट्र बैंक ठूलो हो भन्ने प्रश्न रहेको उनले बताए ।

उनले अगाडि भने ‘राज्यलाई एकै महिनामा ३ अर्ब २५ करोडसम्म कर बुझाएको पुँजीबजार ध्वस्त हुँदा अर्थमन्त्री, नियामक नियकालाई कुनै चासो छैन, यसमा सरकारको गम्भिर ध्यानाकर्षण हुन आवश्यक छ ।’

सेयर बजारमा १२ करोडको सीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगाएको र त्यो हटाउनु भन्न सबै लागि परेको ढकालले बताए । १२ करोडको सीमा लागू भएको २ वर्षपछि बल्ल नेकपा एमाले पनि यसको बिरोधमा देखिएको उनको तर्क छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here