काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि आफ्नो मुनाफामध्येबाट कुल १०.५२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसमध्ये १० प्रतिशतले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र कर तिर्ने प्रायोजनका लागि ०.५२.६३ प्रतिशतले हुने १ करोड ६२ लाख ५९ हजार २१५.७९ रुपैयाँबराबरको नगद लाभांश छन्।
कम्पनीले १२औँ वार्षिक साधारणसभा आउँदो कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको छ।
सभाले जुमखोला जलविद्युत आयोजना (५६मेवा)को प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम १ अर्ब ५० करोड रुपैयाँसम्म लगानी गर्ने, लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरुबीच सम्झौता गर्ने लगायतका प्रस्ताव साधारण सभामा पेस गरिनेछ । यि प्रस्ताब सभाले पारित गर्नेछ
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउनेछन र सभामा भाग पाउनेछन ।