10.2 C
Nepal
Friday, February 13, 2026

सेयर किनबेच गर्दा अरुको धोका, जालसाजी तथा छलकपटबाट बचेँर आँफै निर्णय गरेर लगानी गर्न सेबोनको आग्रह

spot_imgspot_imgspot_img

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर किनबेच गर्दा अरुको धोका, जालसाजी तथा छलकपटबाट बचेँर आँफै निर्णय गरेर लगानी गर्न आग्रह गरेको छ ।

सेबोनले धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राख्नपनी सुझाव दिएको छ।

एक चेतनामूलक सन्देश जारी गर्दै सेबोनले भनेको छ , ‘धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुले धैर्यता, लगनशीलता र तथा दूरदृष्टि कायम राखी लगानीलाई दिगो एवं प्रतिफलमुखी बनाउनुपर्छ’ ।

धितोपत्र कारोबारमा हुने जोखिमलाई व्यवस्थापन गर्न, अनपेक्षित वित्तीय तथा आर्थिक प्रभावहरुबाट सुरक्षित रहन लगानीसम्बन्धी रणनीतिक योजना तयार गर्नुका साथै आपतकालीन कोषको व्यवस्था गर्न पनि सेबोनले भनेको छ।

छिटो धनी बन्ने उद्देश्यलाई कम प्राथमिकता दिई धितोपत्र बजारमा लगानी गर्दा तथ्यगत, यथार्थपरक र उचित सूचना लिई संयमित एवं विवेकशील भई लगानीसम्बन्धी निर्णय लिन पनि सेबोनले सुझाव दिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here