15.6 C
Nepal
Wednesday, February 5, 2025

१९ बीमा कम्पनीले झुटो विवरण पेश गरे, बिमा प्राधिकरणले कारबाही गर्दै

नेपाल बीमा प्राधिकरणले झुटो विवरण बुझाउने १९ बीमा कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ।

नियमअनुसार बीमा कम्पनीहरुले प्रत्यक आर्थिक वर्षको असार मसान्तमा प्राधिकरणलाई आईआरएमआईएस नामक अनलाइन प्रणालीमार्फत बीमा व्यवसायसम्बन्धी विवरण बुझाउनु पर्दछ । तर उक्त बुझाईएको विवरण झुटो रहेको देखिएपछी प्राधिकरणले आबस्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

आईआरएमआईएसमा सबमिट गरिएको विवरण र साउन १ गतेको स्थलगत निरीक्षणका गर्दा विवरण फरक परेकोले प्राधिकरणले गत साउन २९ गते १९ वटै बीमा कम्पनीलाई पत्र लेख्दै यसबारे एक हप्ताभित्र स्पष्टीकरण पेस गर्नु भन्दै पत्र काटेको थियो ।

कम्पनीहरुले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि प्राधिकरणले कारबाही गर्ने तयारी गरेको छ । प्राधिकरण श्रोतका अनुसार १९ वटा कम्पनिले झुठा विवरण बुझाएको देखिएकोले ढिलोचाडो अबस्य कारबाही हुनेछ । यस अघी पनि गलत काम गर्दा प्राधिकरणले कम्पनीहरुलाई कारबाही गर्दै आएको छ ।

सिलवालका अनुसार झुटो विवरण बुझाउने १९ कम्पनीलाई के–कस्तो खालको कारबाही गर्ने भन्ने कुराको निर्णय बोर्डले गर्नेछ।

कसले बुझाए झुठा विवरण ?

झुटो विवरण बुझाउने कम्पनिहरुमध्ये जीवन बीमा कम्पनीरुमा हिमालयन लाइफ, सूर्यज्योति लाइफ, एसियन लाइफ, नेपाल लाइफ, नेसनल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ , आइएमई लाइफ रहेका छन । त्यस्तै प्रभु महालक्ष्मी पनि कारबाहीमा पर्ने छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोड इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी छन्।

यि कम्पनीले वास्तविक कारोबारभन्दा धेरै अंक उल्लेख गर्दै प्राधिकरणमा तथ्यांक पठाएका थिए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here