7.4 C
Nepal
Saturday, January 25, 2025

नवीकरण शुल्क नबुझाउने कम्पनिको सेयर कारोबार रोकिदिने चेतावनी सहीत नेप्सेको आग्रह शुल्क तिर

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई असोज मसान्त भित्र नियमअनुसार तिर्नुपर्ने नवीकरण शुल्क बुझाउन भनेको छ । नेप्सले धितोपत्र सूचीकरण विनियमावली २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८०/८१ को नबिकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

एक सुचना जारी गर्दै नेप्सेले भनेको छ, असोज मसान्तसम्म पनि नवीकरण शुल्क नबुझाएमा वा अटेर गरेमा कम्पनिले नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना तिराउने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी दिएको छ ।

नेप्सेका अनुसार ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले वार्षिक नबिकरण शुल्क ५० हजार रहेको छ भने ५० करोड बढी पुँजी भएका कम्पनीले वार्षिक नबिकरण शुल्क १ लाख शुल्क रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here