नेपालको अर्थतन्त्रभन्दा झन्डै साढे सात गुणा धेरै सम्पत्ति मुल्याङ्कन रहेको भारतीय व्यापारिक समूह टाटाले भारतमा भारतीय ईतिहासकै सबैभन्दा ठूलो आइपिओ जारी गर्ने भएको छ ।
११० खर्ब भारतीय रुपैयाँबराबरको सम्पत्ति भएको अनुमान गरिएको टाटा सन्स नामक एक कम्पनिले ५ प्रतिशत आईपीओ ल्याउने तयारी गरेको छ । नेपालको अर्थतन्त्र ५३ खर्ब हाराहारी रहदा टाटा कम्पनिको अनुमानित सम्पत्ति ३९९ खर्ब नेपाली रूपैयाँबराबर रहेको बताइन्छ ।
टाटा ग्रुपलाई हाल भारतको केन्द्रिय बैंक, रिसर्भ बैंक अफ इन्डीयाले उच्च तहको ‘गैरबैंकिङ वित्तीय कम्पनी (एनबीएफसी)का रुपमा वर्गीकृत गरेको छ, टाटाले टाटा ग्रुप अन्तर्गत स्वतन्त्र रुपमा सन्चालित अन्य व्यवसायलाई आर्थिक रुपमा सहायता गर्ने गरेको छ ।
भारतीय केन्द्रीय बैंक आरबीआईले सेप्टेम्बरमा १४ मा टाटा समुहलाई उच्च तहको एनबीएफसी कम्पनीका रुपमा वर्गीकृत गरेको थियो ।
यस किसिमको कम्पनीलाई तीन वर्षभित्रमा पब्लिक कम्पनीमा जानुपर्ने नियम आरबीआइले बनाएको बताइएको छ ।
टाटा समूहको एक कम्पनी ‘टाटा सन्स’ सन् २०२५ सेप्टेम्बरमा दोश्रो बजारमा प्रबेश गर्ने प्रक्षेपण गरिएको छ । साझेदारहरुलाई पर्याप्त फाइदा हुने गरी कम्पनिले आइपिओ जारी गर्ने छ ।
अहिलेसम्म भारतीय सेयर बजारमा २ खर्ब १० अर्ब भारतीय रुपैयाँको आइपिओ जारी गरेको कम्पनि एलआईसी (लाइफ इन्स्योरेन्स कम्पनी)को आईपीओ भारतकै ठूलो आईपीओ हो । अनुमान गरिएअनुसार टाटा सन्सको आईपीओको रकम योभन्दा दोब्बरले धेरै हुनेछ ।