15.6 C
Nepal
Saturday, January 25, 2025

मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६२ हजारले पाए – सवा १२ लाख आवेदकको हात खाली

मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आज असोज १० गते साझ ५ बजे बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड बाँडफाँड कार्यक्रम काठमाण्डौको बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे राखेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको १०० अंकित दरका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला गरिएको थियो।

सीडीएससीका अनुसार यो आईपीओ अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयर माग गरेका थिए। जसमा १२ लाख ८६ हजार ३८० आवेदकबाट माग भएको १ करोड ४० लाख ५६ हजार २१० कित्ता सेयरमात्रै प्रमाणीकरण भएको छ।

प्रमाणीकरण भएकामध्ये कुल १२ लाख ८२ हजार ८१९ आवेदकबाट माग भएको १ करोड ४० लाख ५ हजार ३१० कित्ता सेयरमात्रै सदर भएको छ भने ३ हजार ५६१ आवदेकबाट माग भएको ५० हजार ९०० कित्ता बदर भएको छ।

यो आईपीओ मागभन्दा २२.५५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६२ हजार ११७ अवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यस आईपीओमा सदर आवेदकमध्ये १२ लाख २० हजार ७०२ आवेदकबाट हात खाली भएको छ।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया र आईपीओ निष्कासन गर्ने कम्पनी मिड सोलु हाइड्रोपावरको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here