नेपाल राष्ट्रबैंकको सञ्चालक समितिको बैठक भोलि बिहान बस्ने गरी बोलाइएको छ ।
श्रोतका अनुसार नियमित अजेण्डाहरुको विषयमा छलफल गर्न भन्दै सञ्चालकहरुलाई बैठकमा बुधबार बिहान ८ः३० बजे बोलाईएको छ ।
बजारमा १२ करोडको क्याप हट्ने वा परिमार्जन हुने हल्ला ब्याप्त भएपनी यो विषय बैठकको अजेण्डाको सूचीमा छैन ।
पर्याप्त अध्ययनबिना बजारको दवाबबाट मात्र नीतिगत परिवर्तन गर्दा त्यसको परिणाम नकारात्मक हुनसक्नेतर्फ सतर्क रहदै राष्ट्रबैंकले सेयरधितो कर्जाको १२ करोडको क्यापसम्बन्धी व्यवस्थामा आबस्यक अनुसन्धान गरिरहेको छ ।
बिस्त्रित अध्ययनबिना भोलिको बोर्ड बैठकबाट नै सेयरधितो कर्जाको सीमा सम्बन्धी व्यवस्था परिवर्तन हुने, जोखिमभार कम हुने निर्णय कुनै सम्भाबना देखिदैन , राष्ट्र बैंक श्रोतले बतायो ।
श्रोतका अनुसार गभरनर महाप्रसाद अधिकारी मार्जिन ट्रेडिङ मार्फत सेयर कर्जा सम्बन्धी समस्या समाधान होस भन्ने चाहन्छन । राष्ट्र बैंकले आर्थिक स्थायीत्व, मूल्य स्थिरता, आर्थिक वृद्धिलाई प्रधान मानेर निर्णय गर्नुपर्छ । सेयर बजारका लागि छुट्टै निकाय रहेको र त्यही धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ लागु गरेर सेयर कर्जाको समस्या हल गरोस भन्ने गभरनरको चाहना रहेको छ ,बिशेष श्रोत भन्छ ।
तर सेयर धितो कर्जाको क्याप तथा जोखिमभार सम्बन्धी व्यवस्थाको विषयमा धेरै दबाब रहेकोले एकीकृत निर्देशनमार्फत केही सम्बोधन हुन सक्ने सम्भाबना रहेको तर अहिले नै यसै भन्न सक्ने अवस्था चाँही नरहेको बताईएको छ ।




