25.2 C
Nepal
Wednesday, February 5, 2025

चाईनिज रुद्राक्ष व्यवसायीलाई गाउ गाउ डुलेर रुद्राक्ष खरिद गर्न रोक

चाईनिज रुद्राक्ष व्यवसायीलाई गाउ गाउ डुलेर रुद्राक्ष खरिद गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

पछील्लो समय भोजपुर , सङ्खुवासभा, धनकुटा लगायतका जिल्लाको रुद्राक्षको माग चाइनिज बजारमा अत्याधिक रहेको छ । चिनिया ब्यबसायी नेपालमै आएर रुद्राक्ष खरिद गर्ने गरेका छन ।

बिशेषत खादबारी र तुम्लिङटार मा चिनिया ब्यबशायी आएर बस्ने गरेका छन । चिनिया व्यवसायीहरु गाउ गाउ गएर राम्रो राम्रो मात्रा रुद्राक्ष किन्न थालेपछी रुद्राक्ष ब्यबसायी संघले बिदेशिलाई गाउ गाउ पसेर व्यपार गर्न रोक लगाउन जिल्ला प्रसासन कार्यालय सङ्खुवासभासंग अनुरोध गरे पछि जिल्ला प्रसासन कार्यलयले सुरक्षाको कारण देखाई चाईनिज व्यवसायीलाई गाउ गाउ जान रोक लगाएको छ ।

जिल्ला प्रसासन कार्यलयमा सरोकारवालाहरु सङ्गको छलफल पछी उक्त निर्णय भएको हो । अब चिनियाहरु रुद्राक्ष किन्न गाउ गाउ जान पाउने छैनन । निर्णयमा भनिएको छ , पछिल्लो वर्षहरुमा चिनिया नागरिकहरु यस जिल्लामा रुद्राक्ष खरिद गर्ने क्रममा साथमा ठुलो मात्रामा नगद बोकि किसानको घरमा एक्लै दुक्लै जाने गर्दा सम्वन्धित रुदाक्ष धनिको र निजले फलाएको रुद्राक्षका् समेत असुरक्ष हुन सक्ने र अर्को तिर त्यसरी एक्लै दुक्लै चिनिया नागरिक किसानको घरघरमा जादा निजहरुको साथमा रहेको रकम लुटपात हुन सक्ने एवं व्यक्तिगत सुरक्षामा समेत खतरा उत्पन्न भई दुई देश विचको सम्वन्धमा समेत असर पुग्न सक्ने हुदा रुद्राक्ष कारोवार गर्ने विदेशिलाई किसानको घरघर जान लैजान नपाउने आवस्यक व्यवस्था मिलाउने प्रहरी कार्यलय, स्यानिय तह, रुद्राक्ष व्यवसायी संध, दोभासे तथा किसानलाई भनिएको छ ।

रुद्राक्षको कारोवार गर्ने विदेसी नागरिकहरुको सुरक्षा एवं नियमन गर्न र यस व्यवसायलाई अझ व्यवस्थित तुल्याउन हाल विदेसी नागरिकहरुलाई तुलिंङ्गटार वजार, खाँदवारी वजार र चैनपुर वजारमा मात्र बसेर रुद्राक्ष खरिदबिक्री गर्न भनिएको छ ।

यो निर्णयलाई रुद्राक्ष व्यवसायी संधले स्वागत गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here