नेपाल सरकारले बजेटमार्फत घोषणा गरेको कम्पनी दर्ता तथा पुजी बढाउदा पैसा नलाग्ने ब्यबस्था कार्वान्वयनमा आएको छ । घोषणा गरेको चार महिनापछि सोमबारदेखि कम्पनी दर्ता र पुजी बढाउदा पैसा नलाग्ने ब्यबस्था लागु भएको हो ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको हो ।
संशोधित राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्न अब पैसा लाग्ने छैन । सबै काम निशुल्क हुनेछ ।
सरकारले युवालाई उद्योग खोल्न उत्साहित गर्न र नवप्रर्वतनात्मक र सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न सहज होस भन्ने उदेश्यले यो ब्यबस्था लागु गरेको हो ।