आजबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले टिकट बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नु पर्ने भएको छ ।
नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको हवाई टिकटमा लागेको कर कार्यान्वयनमा आएको हो ।
आन्तरिक वायुसेवाले साउन १ देखि नै कर तिरेपनी अन्तर्राष्ट्रिय उडानका वायुसेवाले गलत निर्णय भन्दै सरकारविरुद्ध अदालतमा मुद्दा दाँयर गरेका थिए ।
सर्वोच्च अदालतले साउन १४ मा हवाई टिकटमा भ्याट लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश दिएको थियो तर तीन साताअघि यो आदेसलाई निरन्तरता नदीई खारेज गरेको थियो । व्यवसायीले गरेको माग अदालतको आदेशबाट खारेज भएपछी अब हवाइ सेवामा भ्याट कार्वान्वनमा आएको हो ।
नेपालमा सञ्चालन भइरहेका अन्तर्राष्ट्रिय उडानका वायुसेवाहरूको छाता संस्था बार्नका अनुसार नेपालबाट बाहिर जाने सबै वायुसेवा हवाई टिकटमा भ्याट लाग्नेछ ।
यस्तो भ्याट लगाउन विभिन्न वायुसेवामा एउटै संकेत (कोड) हुने र वायुसेवाले जारी गर्ने सबै प्रकारका हवाई भाडामा भ्याट थप हुने भएको छ । उक्त कोड अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)बाटै तय भएर आउनेछ ।
हवाई टिकटमा १३ प्रतिशतले भ्याट लाग्ने भएपछी टिकट महङ्गिने भएको छ ।
सरकारले भ्याट लगाएको ३० दिनपछि अनिवार्य कार्यान्वयन गराउनुपर्ने व्यवस्था मूल्य अभिवृद्धि कर ऐन २०५२ मा छ । सरकारले जेठ १५ मा बजेट ल्याएको थियो । नयाँ कर घोषणा गरेको एक महिनापछी लागु हुने भएकाले हवाई टिकटमा कानुनतः असार १६ देखिकै कर तिर्नुपर्ने देखिन्छ ।