माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्न आज सम्म सेयरधनी बनिसक्नु पर्ने छ । यसको अर्थ आज माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
बैंकले लाभांश वितरण वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हुनाले आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही असोज १८ गते कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेगरी गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।