सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि २५ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको बैठकले कम्पनिको १२औँ वार्षिक साधारणसभा असोज २५ गते काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटलमा अपराह्न ४ बजेबाट सुरु हुने गरी बोलाएको छ ।
सभाले प्रस्तावित लाभांश स्वीकृत गर्नेछ साथै उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।




