20.7 C
Nepal
Thursday, September 19, 2024

दैनिकजसो सर्किट हानिरहेको शुभम पावरको आधारभुत र प्राबिधिक अवस्था कस्तो ?

हिजो आज दैनिक जसो एउटा कम्पनी टप गेनर्स को लिस्टमा आईरहेको छ । त्यस कम्पनिको नाम हो , शुभम पावर कम्पनी लिमिटेड ।

यस कम्पनिको आधारभुत पक्षहरुलाई हेर्दा यस कम्पनिको चुक्ता पुजी २० करोड रहेको देखिन्छ । जसमा ३० प्रतिसत पब्लिक सेयर रहेको छ भने ७० प्रतिसत प्रोमोटर सेयर रहेको देखिन्छ ।

यस कम्पनीको क्वाटर टु क्वाटर ग्रोथ पनि घटेको देख्न सकिन्छ । आर्थिक बर्ष २०७९-८० को तेश्रो क्वाटर र चौथो क्वाटर लाई तुलना गर्दा नेट प्रोफिट ६८.०४ प्रतिसतले घटेको देखिन्छ । तेश्रो क्वाटरमा नेट प्रोफिट ५० लाख हाराहारी रहेको भएता पनि चौथो क्वाटरमा नेट प्रोफिट घटेर २१ लाख रुपैया हाराहारी भएको देखिन्छ । त्यस्तै चौथो क्वाटरमा ग्रोस प्रोफिट पनि तेश्रो क्वाटरको तुलनामा १३.२५ प्रतिसत घटेको देखिन्छ ।

यस कम्पनिको बुक भ्यालु ९२.०५ रहेको छ भने प्राइस टु बुक भ्यालु १०.६ रहेको देखिन्छ ।

यस कम्पनिको प्रतिसेयर आम्दानी (ईपियस ) १.०६ रहेको देखिन्छ । प्राइस टु अर्निङ (पिई) रेसियो ९०३.५२ रहेको छ । यस हिसाबले हालको मुल्यमा यो कम्पनी किन्दा १ रुपैया रिटर्नको लागि रु ९०३.५२ लगानी गरेको अर्थमा बुझिन्छ ।

प्राबिधिक रुपमा हेर्दा एमएसिडी मा बाइ सिग्नल कायम छ । बोलिङ्गर ब्यान्डमार्फत हेर्दा प्राइस अपर ब्यान्डमा रहेको छ ।

आरएसआइ मार्फत हेर्दा ८१ को बिन्दुमा पुगेर ६७ सम्म झरेर अहिले ७१ को बिन्दुमा रहेको देखिन्छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरबउट जोन र ७० को बिन्दुलाई ओभरसोल्ड जोनको रुपमा हेरिन्छ । ओभरबउट जोनमा पुगेसी मुल्य तल खस्न सक्छ भन्ने बुझिन्छ । तर ७० पुग्नेबित्तिकै मुल्यमा गिरावट आउछ भन्ने चाही होइन तर सतर्क रहनुपर्छ भन्ने अर्थमा बुझिन्छ ।

यस कम्पनिको प्राइस ट्रेण्ड हेर्दा पम्पिङ एन्ड डम्पिङ गर्न खोजेको यस कम्पनिको प्राइस ट्रेण्ड हेर्दा पम्पिङ एन्ड डम्पिङ गर्न खोजेको आसङ्का गर्न सकिन्छ ।

समग्रमा बोलिङर ब्यान्ड र आरएसआइ मार्फत हेर्दा यसको मुल्य जुन सुकै बेला तल झर्न सक्ने भएकाले सतर्क रहनुपर्ने सङ्केत गर्छ भने पिई रेसियोलाई हेर्दा यो कम्पनी ओभरप्राइड वा ओभरभ्यालुड भएको बुझ्न सकिन्छ ।

नोट :यो बिस्लेषणात्माक जानकारी बाइसेल रेकोमेन्डेसन होइन । लगानी गर्नु आँफै अघी अध्ययन अनुसन्धान गर्नु उचित हुन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here