15.6 C
Nepal
Wednesday, February 5, 2025

केयरले घोराही सिमेन्ट लगायतको रेटिङ कानुनबिपरित गरेको ठहर, ५० हजार रुपैयाँ जरिवाना

नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिले केयर रेटिङले कानुन विपरित रेटिङ गरेको ठहर गर्दै केयर रेटिङलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

धितोपत्र सम्बन्धि ऎन कानुन विपरीत कुनै पनि कम्पनीको रेटिङ गरेमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बोर्डले केयरमाथि कानुनी कारबाही गरेको हो ।

धितोपत्र बोर्डले सुपरिबेक्षणका क्रममा केयर रेटिङले कानुन बिपरित रेटिङ गरेको भेटेको थियो ।

बोर्डले रेटिङ नियमावली २०६८ उल्लंघन गरि आफ्नो मुख्य सेयर धनी रहेको कम्पनीको रेटिङ गरेको भन्दै धितोपत्र बोर्डले गत पुस २८ गते धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भन्दै केयर रेटिङलाई स्पष्टीकरण सोधेको थियो।

केयर रेटिङले कानुन बिपरित रेटिङ नगरेको स्पस्टिकरण दिएको थियो । स्पष्टिकरण सोधेको लामो समय सम्म कारबाही प्रकृया अगाडि बढेको थिएन । त्यसै सन्दर्भमा बोर्ड अध्यक्ष हमालले असार ७ गते सुपरिबेक्षण बिभागको प्रमुखलाई असार १५ गतेभित्र सञ्चालक समिति बैठकमा केयरलाई कारबाही गर्ने प्रस्ताव पेस गर्न निर्देशन दिएका थिए ।

केयरले नियम बिपरित घोराही सिमेन्ट लगायत धेरै कम्पनिको रेटिङ गरेको पाईएको छ । केयरले कानुन बिपरित गरेको रेटिङका आधारमा घोराही सिमेन्टलाई प्रिमियममा आइपिओ जारी गर्न दिएको भन्दै बोर्डको अहिलेसम्म आलोचना भईरहेको छ ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ ।

रेटिङ नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तिमा दश प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेमा क्रेडिट रेटिङ संस्थासँग कुन किसिमको सम्बन्ध रहेको छ सो सम्बन्धी व्यहोर रेटिङ उद्घोषणमा खुलाउनुपर्ने भनेको छ ।

केयर रेटिङमा विशाल गुप्रको करिब २० प्रतिशत स्वामित्व भएकाले केयरले बिशाल ग्रुपको लगानि रहेको कम्पनिमा रेटिङ गर्न पाउदैन ।

रेटिङ कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष १० प्रतिशतभन्दा नियन्त्रण भएका व्यक्तिको कुनै अन्य कम्पनीमा १० प्रतिशत वा सो भन्दा बढी शेयर भएको अवस्थामा रेटिङ गर्न नमिल्ने व्यवस्था विपरित केयरले विशाल गुप्रको १० प्रतिशत भन्दा बढी लगानी भएका करिब १ दर्जन कम्पनीको रेटिङ गरेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here