नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
नेपाल निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मटितेल ३ रुपैयाँ बढेको हो ।
बढेको मूल्य शुक्रबार रातिदेखि लागू हुनेछ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले भदौ २९ गते पठाएको नयाँ मूल्य सुचीअनुसार निगमले पनि नेपालमा मुल्य समायोजन गरेको जनाएको छ ।
आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेलमा २ रुपैयाँ ९१ पैसा मूल्य बढेको देखिन्छ ।