17.8 C
Nepal
Monday, October 28, 2024

६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी गर्दै ५० जनालाई प्रतिवादी बनाउन सिआइबिको राय

६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी सहित ५० जनालाई प्रतिवादी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राय दिएको छ ।

यस प्रकारणमा ३२ जना पक्राउ परेका मध्ये २३ नेपाली र ९ विदेशी छन् रहेका छन भने अरु १८ जना फरार सुचिमा रहेका छन ।

साउन २ गते राति तस्कारीको सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरी १८ दिन अनुसन्धान गरेपछि सम्पूर्ण कागजात र पक्राउ परेका व्यक्तिसहित सीआईबीलाई अनुसन्धान गर्न अनुरोध गरेपछी सीआईबीले साउन २२ बाट अनुसन्धान थालेको थियो ।

प्रत्यक्ष रुपमा ४२ जनाले ३५ दिनसम्म दैनिक १८ घन्टा खटिएर अनुसन्धान गरेको बज्राचार्यले जानकारी दिइन् ।

अनुसन्धानका क्रममा ५ जनाले विदेशी नागरिकता लिएको देखिएको छ ।

सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो ।

यस प्रकरणको अनुसन्धान प्रतिवेदन आज सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

सीआईबीले प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

सीआईबीले यसअघि यही समुहले ३०२ किलो सुन तस्करी गरिसकेको तथ्य फेला पारेको बताएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here