21.2 C
Nepal
Monday, September 16, 2024

बिहीबार बाँडफाँट हुँदै सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ , ६ लाख बढी आवेदकको हात खाली हुने

सिटिजन लाइफ इन्स्योरेन्सले जारी गरेको आइपीओ भदौ २८ गते बिहीबार आइपीओ बिहीबार दिउसो २ बजे बाँडफाँट हुने भएको छ ।

भदौ १५ गते आइतबारदेखि निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ । कम्पनिको आईपीओमा १५ लाख १० हजार ६९३ भन्दा बढीको आवेदन परेकोले आईपीओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने निस्चित जस्तै भएको छ ।

इन्स्योरेन्सले ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । जसमा एक करोड ६७ लाख ९० हजार १८० कित्ताका लगि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले जनाएको छ ।

इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here