17.8 C
Nepal
Wednesday, February 5, 2025

माई खोला हाइड्रोपावरले १००% हकप्रदको अजेन्डा सहीत डाक्यो वार्षिक साधारणसभा

माई खोला हाइड्रोपावर लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा असोज १८ गते गर्ने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले कम्पनीको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुने गरी डाकिएको छ ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने उदेश्य अनुरुप १ः१ को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गर्नेछ । कम्पनीले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभा पेस गर्नेछ।

कम्पनीमा संस्थापकबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने २ र एकजना स्वतन्त्र सञ्चालकको निर्वाचन सभाले गर्ने र आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here